प्राधिकरण सञ्चालक समितिको बैठक जारी, उद्योगमा लाइन जोड्ने प्रमुख एजेन्डा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक जारी रहेकाे छ । उद्योगमा लाइन जोड्ने निर्णय गर्न प्राधिकरण सञ्चालक समितिको बैठक बसिरहेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वन गर्ने र २४ घण्टाभित्र काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले १५ दिनभित्र टाइम्स अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता उठाइसक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि लाइन जोड्ने एजेण्डामा सोमबार ऊर्जा मन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका थिए ।

विद्युत प्राधिकरणको नियमावलीअनुसार डेडिकेटेडलाइनमा २४ घण्टा निरन्तर विद्युत दिनुपर्छ भने ट्रंकलाइनमा दैनिक ६ घण्टा लोडसेडिङ भएको दिन निरन्तर २० घण्टाबढी बिजुली दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *