सूर्यज्योति लाइफको ५ लाख ८२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन्।

शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *