मानव तस्करीमा मुछिएका मन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौँ । नेकपा एमालेले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशसभा सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ।

नेकपा एमाले कोशी प्रदेशले शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई मानव तस्करी आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा नरहने गरी उनलाई निलम्बन गरिएको जानकारी गराएको छ।

‘लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी उहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्वन गरिएको जानकारी गराइन्छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकारको स्वीकृतबिना जापान पुगेका मन्त्री अधिकारीसहित उनीसँगै गएका अन्य तीन जनालाई विमानस्थलबाटै फर्काइएको थियो। मानव तस्करीको आरोप लागेपछि कोशी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका अधिकारीले पदबाट राजीनामा दिएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *