ट्रम्पको पुनरागमनले डलरको भाउ नयाँ उचाइमा

काठमाडौं । आज पनि अमेरिकी डलरको भाउ बढेको छ। आज डलरको भाउ १४ पैसाले बढेर खरीदमूल्य १३४.७० रुपैयाँ र बिक्रीमूल्य १३५.३० रुपैयाँ पुगेको हो। अघिल्लो दिन पनि डलरको भाउ २८ पैसाले बढेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक युरोको खरीदमूल्य १४४.९४ रुपैयाँ र बिक्रीमूल्य १४५.५९ रुपैयाँ, एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९.३३ रुपैयाँ र बिक्रीमूल्य ८९.७२ रुपैयाँ निर्धारण भएको छ।

त्यसैगरी आज कतारी रियालको बिक्रीमूल्य ३७.१२ रुपैयाँ, साउदी अरेबियन रियालको बिक्रीमूल्य ३६.०२ रुपैयाँ, यूएई दिरामको बिक्रीमूल्य ३६.८४ रुपैयाँ, मलेसियन रिंगिटको बिक्रीमूल्य ३०.७३ रुपैयाँ निर्धारण गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *