धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले उपसभापति गुरुङमाथि पनि अनुसन्धान हुने बताएका हुन् । ।

‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *