काठमाडौं। आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह-२०२४’ को अवसरमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले श्री राम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरीमा २ तहमा अध्यनरत विद्यार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक पिपरा शाखाका प्रमुख सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा राम नारायण अयोध्या उच्च मावि, का अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए ।
साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिएका थिए । ‘विश्व लगानीकर्ता सप्ताह-२०२४’ को अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुनेछन् भन्ने विश्वास गरिएको छ ।
अर्थ सन्जाल