ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा आवेदन खुला

काठमाडाैं । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा खुला र बढुवाको  लागि दरखास्त खुलाएको हो ।

आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ सहसचिव तथा उपसचिवसहित कर्मचारीका लागि आवेदन माग गरेको हो।

आयोगले निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखा परीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा सेवा पदमा आवदेन खुलाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *