मंगलवार नेप्सेमा आरएमडिसी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २० लाख ६८ हजार ४४३ दशलमव ८८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
नेप्सेमा आरएमडिसी लघुवित्तको २० प्रतिशत बोनस शेयर सूचीकृत
