काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर विक्री प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम रहने शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद निष्कासन गर्नेछ ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन पछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।







