झापा । प्रहरीले झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ। झिलझिलेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले जुवाको खालबाट करिव ५ लाख रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय दमक लगिएको छ।
प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन ।







