आँखुखोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारण समूहको यो सेयर लिलामीमा बिक्री खुला गरेको थियो।

लिलामीको सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

जसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *