बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मुल्य १० रुपैयाँले बढेर १९३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *