सेयर बजारमा ४९.१८ अंकको बृद्धि हुँदा ४ अर्ब ८१ करोड माथिको कारोबार

काठमाडौं । आज सेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज सेयर बजार नेप्से परिसूचक ४९.१८ अंकले बढेर २,५१९.५७ को विन्दु पुगेको छ।

आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ । आज ३ वटाको कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको १३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीइडीबी हाइड्रोको १३ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, न्यादी हाइड्रो, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

ङादी ग्रुप पावर १५ करोड ६४ लाख रुपैयाँ,अरुणा भ्याली हाइड्रोपावर १३ करोड ५४ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर १३ करोड ७ लाख रुपैयाँ,मालयन रिइन्स्योरेन्स १२ करोड ७१ लाख रुपैयाँ,अपी पावर १२ करोड ३४ लाख रुपैयाँ,नेपाल फाइनान्स ८ करोड ८८ लाख रुपैयाँ,चआईडीसीएलपी ८ करोड ८६ लाख रुपैयाँ,नेपाल लाइफ ७ करोड ५६ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स ६ करोड ७३ लाख रुपैयाँ,अपर तामाकोशी ६ करोड ६५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *