सिजीका घरायसी सामाग्री खरिदमा सुनको सिक्का जित्ने अफर

काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडि ए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १० – १० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् ।

यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समावेश गर्नुपर्नेछ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ । यस अभियान भदौ २३ गितेबाट नै नेपालभर सीमित अवधिको लागि लागू भइसकेको छ ।

नेपालकै नं १ र ठुलो ब्राण्ड सिजी प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *