घट्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति पर्ला ?

काठमाडौं । कुखुराको अन्डाको मूल्य फेरि घटेको छ । भदौ १३ मा घटेर तय भएको मूल्य फेरि भदौ २९ गते घटेको हो । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो ।

यसअघि १३ भदौमा अन्डाको मूल्य सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।

अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *