काठमाडौं । गरिमा क्यापिटलले निःशुल्क लगानी व्यवस्थापन सेवा (पीएमएस) योजना ल्याएको छ ।
यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावानालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको छ ।
उक्त योजनाअन्तर्गत ग्राहकले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी गर्न सक्नेछन् । वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिँदासमेत कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशतसम्म कार्य सम्पादन शुल्क लिने गरेकामा अब उक्त योजनाअन्तर्गत १० प्रतिशत छुट दिने बताइएको छ ।
क्यापिटलले कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको छ । यो योजना उपभोग गर्न इच्छुकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।






