काठमाडौंमा सातामै १०० बढी ‘पन्च ईभी’ डेलिभरी

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले १ हप्तामा १०० युनिट भन्दा बढी डेलिभरी गरेको छ । यी सबै कार काठमाडौंमा डेलिभरी भएका हुन् ।

नाडा अटो शोमा टाटा पन्च ईभी सार्वजनिक भएको थियो । पन्च ईभी ४७५ युनिट बुकिङ भएको थियो ।

कम्पनीले टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ भने यो गाडी ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो । कम्पनीले विर्तामोडमा पनि पन्च ईभी सार्वजनिक गरिसकेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *