प्रोटेक्टिभ माइक्रोकाे आईपीओ निष्कासन गर्न त्रिपक्षीय सम्झौता

काठमाडाैं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त कार्यका लागि शेयरको खरिद प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा नियुक्त गरेको छ ।

कम्पनीले २२ लाख ५ हजार कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल २२ करोड ५० लाख रुपैयाँको खरिद प्रत्याभुति सेवाको लागि नियुक्त गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले संयुक्त रुपमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय रही सञ्चालनमा आएको लघु निर्जीवन बीमा कम्पनी हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *