गोदरेजद्वारा दशैं तिहारलक्षित ‘मनैदेखि WOW’ अभियान जारी

काठमाडाैं । अभिनव, ऊर्जा कुशल र वातावरण मैत्री ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहारलक्षित अभियान ‘मनैदेखी WOW’ जारी गरेको छ ।

ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारको साथ खुसी बाढ्ने उद्देश्यसहित यस योजना सार्वजनिक गरेकाे हो ।

‘मनैदेखि WOW’ अभियान अन्तर्गत ग्राहकले रु ३१,५०० सम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले टप लोड/ट्विन टब वासिङ मेसिन खरिद गर्दा तीन लिटर निःशुल्क एरियल डिटर्जेन्ट लिक्विड र माइक्रोवेभ ओभन खरिद गर्दा निःशुल्क कुकिंग किट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

ग्राहकहरूले गोदरेज सिंगल डोर रेफ्रिजरेटर, डबल डोर रेफ्रिजरेटर, साइड-बाई-साइड रेफ्रिजरेटर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, वासिङ मेसिन र एयर कन्डिसनरहरू खरिद गर्दा आकर्षक क्यासब्याकको मजा लिन सक्नेछन्।

यो अभियान २३ भदौ २०८१ मा सुरु भइ नेपालभर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएकाे छ ।

नेपालमा गोदरेजको घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *