मिथिला चित्रकलालाई प्राथमिकता दिँदै ग्लोबल आईएमईले निकाल्यो २०७९ को पात्रो

मिथिला चित्रकलालाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ ग्लोबल आईएमई बैंकले २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । बैंकले आइतबार एक कार्यक्रमको आयोजना गरी पात्रो विमोचन गरेको हो ।

भित्तेपात्रोमा कलाकार अमितकुमार शाह र गिताकुमारी ठाकुरका मिथिला चित्र राखिएका छन् । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक वर्ष नेपालको मौलिकता र कलालाई प्रोत्साहन गर्ने नीतिअनुसार यसवर्ष मिथिलाकलालाई प्राथमिकता दिएको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले बैंकले कला संस्कृतिको प्रवद्र्धनमा पनि ध्यान दिएको बताए । राष्ट्रिय पहिचान दिने मिथिला चित्रमा बैंकले प्रवर्द्धन गर्न खोजेको उनको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *