काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरूसँग आज दिउँसो १ बजे छलफल गर्ने भएको छ।
जसअनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ । त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने सचिवालयले जनाएको छ ।राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ ।
भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
Artha Sanjal
अर्थ सन्जाल