काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा भदौ ७ गते बस्छदै । संस्थाको सञ्चालक समितिको बैठकले सभा होटल प्यालिसेड रिसोर्ट, सूर्यविनायक भक्तपुरमा बिहान १०ः३० बजे गर्ने निर्णय गरेको हो।
सभामा अन्य कुनै लघुवित्त कम्पनीसँग एकआपसमा मर्ज हुने एजेन्डा रहेको छ । यसका लागि कम्पनीले सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अगाडि बढाउन सम्पूर्ण अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ।
यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका अन्य एजेन्डा पनि रहेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल