काठमाडौं । नेसनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा कम्पनीले १७ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको नाफामा ५१.९७ प्रतिशतको बढोत्तरी भएको छ।
शेयर पुँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३४ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ८७ करोड ९० लाख रुपैयाँ (ऋणात्मक) र महाविपत्ति कोषमा २ करोड ३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब १७ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ९६ करोड ३ लाख रुपैयाँ (ऋणात्मक) र महाविपत्ति कोषमा ३४ लाख १७ हजार रुपैयाँ थियो।
२०८१ असार मसान्तसम्ममा कम्पनीले ९० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले १ अर्ब १ करोड ९० लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.५२ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा कम्पनीले ६१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद बीमाशुल्क आर्जन ३४.३७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ४६ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।







