घट्यो हिमालयन डिष्टिलरीको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यो कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.५५ प्रतिशत कम हो ।

५ अर्ब ६५ करोड रहेको सञ्चालन आम्दानी घटेर ४ अर्ब १५ करोडमा झरेको छ । बिक्री लागत ७३ करोड ११ लाख कायम भएको छ । अन्य आम्दानी भने ५१३ प्रतिशतले बढेर ६ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ रुपैयाँ रहेको हिमालयनको जगेडा कोषमा ६७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३.२१ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १२५.१० रुपैयाँ छ । यस कम्पनीको आव २०७६-७७ मा प्रतिसेयर आम्दानी ८०.५७ रुपैयाँ रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *