सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प

काठमाडौं । नेपालमा सिट्रोन गाडीका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ‘निःशुल्क चेकजाँच क्याम्प’ सुरु गरेको छ । उक्त क्याम्पमा सिट्रोनका ग्राहकले गाडी पार्ट्समा १० र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाउनेछन् ।

दुई चरणमा सञ्चालन हुने यो क्याम्प पहिलो चरण आज र भोलि (साउन २७ र २८) बिर्तामोडमा, २९ र ३० गते विराटनगरमा र साउन ३२ गते वीरगन्जमा आयोजना हुनेछ ।

दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाट समावेश छन्, जसको मिति छिट्टै घोषणा गरिने कम्पनीले जनाएको छ ।

सिट्रोनले आफ्ना ग्राहकहरुलाई तोकिएको मिति र स्थानहरूमा यी विशेष अफरहरूको लाभ उठाउन आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *