कामना बैंकद्वारा थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल चैत्र ११ गतेबाट तानसेन – ९, दमकडा, पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टर मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

वडा नंं ९ का वडा अध्यक्ष्य हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्व सञ्चालक राम प्रसाद पोख्रेलले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बैंकका संस्थापकज्यूहरु, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *