काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने स्पष्ट पारेका छन् ।
एमाले पार्टीका केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेको समीकरणले स्टन्टबाजी नगर्ने प्रस्टाएका हुन् ।
कतिपयले संविधानलाई विश्वास मात्र गर्नुपर्ने, फेर्न नपाउने ग्रन्थ जस्तो प्रचार गरेको उनको तर्क छ । आफूहरुले भनेको संविधान संशोधन प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुको उद्घोष नभएको भन्दै उनले भने, ‘हामीले भनेको संविधान संशोधन लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्न हो ।’
कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिस्ट हुने वा स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने समेत प्रधानमन्त्री ओलीले बताए ।