काठमाडौं। सेयर बजारमा हरियाली छाएको छ। आज सेयर बजार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा बन्द भएको छ।
आज १८९ कम्पनीको सेयरमूल्य बढेको छ भने ४७ कम्पनीको सेयरमूल्य घटेको छ । यो दिन ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ ।
आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार माथिको सेयर कारोबार भएको छ ।
आज हिमालयन रिइन्स्योरेन्सकाे सार्वधिक कारोबार भएकाे छ । यस कम्पनी ६० करोड १० लाख रुपैयाँकाे काराेबार भएकाे छ ।
शिवम सिमेन्ट ३७ करोड ६७ लाख रुपैयाँ,सोल्टी होटल ३६ करोड ४३ लाख रुपैयाँ,नेपाल फाइनान्स ३५ करोड ३८ लाख रुपैयाँ,चिलिमे हाइड्रोपावर २७ करोड ७६ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर २७ करोड ६४ लाख रुपैयाँ,शाइन रेसुंगा डेभलपमेन्ट बैंक २५ करोड ९७ लाख रुपैयाँ,कुमारी बैंक २५ करोड ३९ लाख रुपैयाँ,पाल पुनर्बीमा कम्पनी २४ करोड ३३ लाख रुपैयाँ,ङादी ग्रुप पावर २४ करोड ८ लाख रुपैयाँकाे सार्वधिक कारोबार भएकाे छ ।







