सेयर बजार अपडेट: दुई घन्टामा ४९.६९ अंकले बढ्याे नेप्से

काठमाडौं । कारोबार खुलेको दुई घन्टाको अवधिमा सेयर बजार ४९.६९ अंकले बढेकाे छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार मापक नेप्से ४९.६९ अंकले बढेर २४७४.०१ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ११.१९ अंकले बढेर ४४७.३४ बिन्दुमा पुगेको छ ।

कारोबार खुलेको दुई घन्टाको अवधिमा ३०१ कम्पनीको २ करोड ७ लाख ४५ हजार ८३१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७७ करोड ३१ लाख भन्दाबढी रुपैयाँ बराबरको कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *