रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्दै

काठमाडौं। रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विशेष साधारणसभा बाेलाएको हो ।

साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्न लागेको हो ।

कम्पनीले साउन १९ गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारणसभा गर्ने भएको छ । सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *