हुण्डीमार्फत हुने कारोबार नियन्त्रण गर्न सरकारसँग प्रभु साहको माग

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहले विदेशबाट रेमिटेन्स भित्र्याउने अनुमति पाएका कम्पनीहरूले नै हुण्डी कारोबारमार्फत अवैध अर्थतन्त्रको जालो बढाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले सरकारले चाहेको खण्डमा हुण्डी कारोबारलाई नियन्त्रण गर्न कुनै पनि कठिनाइ नरहेको जिकिर गरे ।

‘हुण्डी कारोबारको बारेमा यो सरकारको धारणा के हो। हामी त्यो जान्न चाहान्छौं । आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भईसकेको छ । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिनदहाडै बढिरहेको छ । कालो धनलाई सेतो बनाउने प्रयास भएपछि भ्रष्टाचार बढिरहेको छ। अपराधका घटनाहरु हुण्डी कारोबारले बढाउँदै लगेको छ । लागु औषध र सुन क्वीन्टलका क्वीन्टल भित्रिरहेको छ’ उनले भने ।

पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष साहले हुण्डी कारोबारलाई नेपालको संविधानले गम्भीर अपराधको रुपमा लिएको बताए। उनले सरकारले चाहेको खण्डमा हुण्डी कारोबार नियन्त्रण गर्न सकिने बताए । ‘नेपालको खर्बौ रुपैँया विदेश गइरहेको छ । विदेशमा रहेका नेपालीले पैसा पठाएको खवर घरमा नपुग्दै पैसा झिकेर व्यक्तिको हातमा परिसकेको हुन्छ । त्यो खालको हुण्डी कारोबारको डरलाग्दो संरचना बनिरहेको छ । यसलाई नियन्त्रण गर्न सरकारले किन चाहेको छैन’ उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *