प्रभु बैंक तथा टी थ्री थकाली र साइनो तन्दुरी बीच छूट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित ती थ्रि थकाली एण्ड टि थ्रि थकाली एण्ड मल्टि कुसिनी र सैनो तन्दुरी र सेकुवा कुर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टि थ्रि थकाली ग्रुप प्रा.ली.का अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाई द्घारा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पु्याँउनका लागि आउने जाने गर्दछन । यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे टि थ्रि थकाली एण्ड मल्टि कुसिनी र सैनो तन्दुरी एण्ड सेकुवा कुर्नरले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आºनो २४ घण्टे सेवा संचालनमा ल्याएको छ ।

सो अनुसार यहाँ आउने जो कोहीले पनि टि थ्रि थकाली एण्ड मल्टि कुसिनी मा authentic थकाली खाना को स्वाद लिन सक्नेछन् भने सैनो तन्दुरी एण्ड सेकुवा कुर्नरमा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *