चार लाख बिरुवा वितरण गरिने

जलेश्वर। डिभिजन वन कार्यालय महोत्ततरीले चार लाख ५० हजार बिरुवा वितरण गर्ने भएको छ ।

डिभिजन वन कार्यालयबाट प्रत्येक वर्ष असार महिनामा बिरुवा वितरण हुँदै आएको थियो । यसवर्ष अघिल्ले वर्षहरु भन्दा धेरै बिरुवा वितरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष कुमार झाले बताए ।

प्रमुख झाका अनुसार कार्यालयले यस वर्ष २० देखि २२ प्रजातीका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ । ईच्छुक सेवाग्राहीका लागि यसवर्ष साल, टिक, मलेसियन साल, सतिसाल, अमला, अर्जुन, पारिजात, सहिजन, अम्बा, राजवृक्ष, मोहबनी, कटहर, सनी, बडहर, सनि कटिङ्ग, डाले घाँस, मेवा, कागती, खयर, जामुन, मसलालगायतका बिरुवा उत्पादन गरेको नर्सरी स्याहारकर्ता सुकेश्वर यादवले बताए ।

उनले यस वर्ष अन्य वर्ष भन्दा धेरै बिरुवा उत्पादन गरिएको र किसानले आवश्यकता अनुसार बिरुवा लैजान पाउने बताए । डिभिजन वन कार्यालयले पहिलो पटक ठूलो सङ्ख्यामा बिरुवा वितरण गर्न लागेको हो । रासस

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *