ट्रष्ट माइक्रोको साधारणसभा सम्पन्न

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा प्रथम साधारणसभा बुटवलमा सम्पन्न भएको हो ।

साधारणसभाले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०७९\८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०\८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारण सहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचन समेत गरेको छ ।

बोर्ड नेतृत्वको निर्वाचनअनुसार कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । बोर्ड सदस्यहरुमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् । यसैबीच कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने भएको छ ।

सभामा सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पुर्ण वहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गानाले घुम्ति बीमा सेवाका लागि संयुक्त रुपमा मोवाईल भ्यानको समेत उद्घाटन गरेका छन् ।मोवाईल भ्यान मार्फत सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने सिइओ ढुंगानाले बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *