सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । आवेदन पेश गर्दा आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेश गर्नुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *