धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादकाे रिट न्यायाधीश प्रधान र ढकालको इजलासमा

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवाद सम्बन्धी रिट न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा परेको छ । यही असार १७ गते अध्यक्षका आकांक्षी मध्येका सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेश प्रयोजनका लागि आज दुवै क्षलाई बाेलाएकाे छ । अध्यक्ष नियुक्तिका लागि अन्तरिम आदेश भएमा धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले गरेको सर्टलिस्टमा परी कार्यपत्र समेत प्रस्तुत गरिसकेका मध्येबाट अध्यक्ष नियुक्ति हुनेछ ।

छनोट समितिले पाँच जनाको सर्टलिस्ट गरेकोमा तीनजना कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *