यस्ता छन् आज सर्वाधिक सेयर कारोबार गर्ने १० कम्पनी

काठमाडौं । नेप्से परिसूचक ४७.०० अंकले बढेर २१००.४३ को विन्दुमा बन्द भएको छ ।

आज ३१५ कम्पनीको एक करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैया माथिको सेयर कारोबार भएको छ ।

बजार बढ्दा २२७ कम्पनीको सेयरमूल्य बढेको छ भने १७ कम्पनीको सेयरमूल्य घट्दा ३ वटाको स्थिर रहेको छ। आज नेप्सेमा रहेका सबै १३ वटा उपसमूहमा हरियाली छाएको छ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरकाे सर्वाधिक काराेबार भएकाे छ । यस कम्पनी १२ करोड ३३ लाख रुपैयाँकाे सर्वाधिक काराेबार भएकाे छ ।

त्यस्तै,  गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी,हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, सानिमा जीआईसी इन्स्योरेन्स, जानकी फाइनान्स, नेपाल फाइनान्स, सगरमाथा प्रिमियर इन्स्योरेन्स,सीईडीबी हाइड्रोपावरकाे सर्वाधिक काराेबार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *