नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ र २४औं वार्षिक साधारणसभा मंगलबार वीरगञ्जमा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।

साथै सभाले आव २०७८/०७९ र २०७९/८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

साथै, सभाले आव २०७९/८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक पनि पारित गरेको छ । यसैगरी, सभाले आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरेको छ ।

यसका साथै सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *