काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ को विन्दुमा बन्द भएको हो।
आज ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयााको सेयर कारोबार भएको छ । बजार बढ्दा १७६ कम्पनीको सेयरमूल्य बढेको छ भने ६० कम्पनीको सेयरमूल्य घट्दा ११ वटाको स्थिर रहेको छ।
आज नेपाल फाइनान्सकाे सर्वाधिक कारोबार भएकाे छ । यस कम्पनीकाे १९ करोड १३ लाख रुपैयाँकाे कारोबार भएकाे छ ।
नेपाल फाइनान्स १९ करोड १३ लाख रुपैयाँ एनआरएन इन्फ्रास्ट्रक्चर ११ करोड ८५ लाख रुपैयाँ,जानकी फाइनान्स ९ करोड ७६ लाख रुपैयाँ,युनाइटेड इदी मर्दी ८ करोड ४१ लाख रुपैयाँ,दोर्दी खोला जलविद्युत ७ करोड ४४ लाख रुपैयाँ,गुडविल फाइनान्स ६ करोड ८६ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ५ करोड ७६ लाख रुपैयाँ,पोखरा फाइनान्स ५ करोड ४९ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर ५ करोड ४० लाख रुपैयाँ,हिमालयन डिस्टिलरी ४ करोड ३७ लाख रुपैयाँकाे सर्वाधिक कारोबार भएकाे छ ।
अर्थ सन्जाल