काठमाडौ। एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २३ हजार ५ कित्ता संस्थापक शेयरर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीले यस शेयरका लागि आवेदन दिन सक्नेछन् ।
यो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार १२ गते) देखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
उक्त शेयर तोकिएको समयमा संस्थापक सेयरधनीले खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
Artha Sanjal






