निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । प्रतिकित्ता १०१ रुपैयाँको दरमा सेयर बिक्री गर्न  लागेको हाे  ।

बैंकको स्वामित्वको उक्त सेयर संस्थापक सेयरधनीले मात्र नभएर सर्वसाधरण व्यक्ती, संस्था वा कम्पनीहरुले पनि खरिद गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र प्रबन्धक एनआइ सी एशिया क्यापिटलमा इच्छुकले असार १७ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदकले थोरैमा १० हजार कित्ता बोलकबोल गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *