सेयर बजारमा दोहोरो अंककाे गिरावट, ४ अर्ब ५ करोडकाे कारोबार 

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेकाे छ । सेयर बजार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखरीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *