पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यसमार्फत प्रयोगकर्ताले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् ।
यो अफर प्रयोगकर्ताका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५० हजार र प्रतिदिन रु. १ लाख रहेको छ। तसर्थ, प्रयोगकर्ताले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरुमा ट्रान्सफर गर्न सक्नेछन् ।
यो अफर चैत ७ गते २०७८ देखि वैशाख ६ गते २०७९ गतेसम्म लागू हुनेछ ।
यस सुविधाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती सधैँ प्रयोगकर्ताका लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरुको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ ।’
‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित भएको छ । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।






