दुवई । ग्लोबल आर्ट,कल्चर एण्ड टुरिज्म कन्फ्रेन्स युएईको वरदुवई स्थित एसके सेभेनमा भव्य रुपमा सम्पन्न भएको छ । दुवईका अध्यागमन हेड शरिफ अलि मुहम्मदको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कन्फ्रेन्समा कलाकार, पत्रकार, समाजसेवी, शिक्षाविद्, व्यवसायीहरु , विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्तित्वहरु लगायत नेपालबाट समेत करिव ५ दर्जन वढि विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो । साथै दुवईमा रहेका विशिष्ट व्यक्तित्वहरु समाजसेवी एवं व्यबसायीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
इनास युएईका अध्यक्ष एमडी बोहोराको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठित व्यबसायी एवं समाजसेवी ठाकुर प्रसाद ढुंगाना, व्यबसायी एवं समाजसेवी मनोज गोर्खाली, वरिष्ठ गायक आनन्द कार्की, साहित्यकार जे सागर, ईनासका हरि मोक्तान लगायतको विशेष उपस्थिती रहेको कार्यक्रम थियो ।
कार्यक्रम आयोजक समितिका सदस्य एवं अभिनेता श्रीदेव भट्टराईले स्वागत मन्त्व्य व्यक्त गर्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए । नेपाली कला संस्कृति एवं पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न देशमा आयोजना हुदै आएको उक्त कन्फ्रेन्सले दुवईमा नेपालको पर्यटन र कला संस्कृतिको विकासमा योगदान रहने विभिन्न वक्ताहरुले बताएका थिए । यस किसिमका कार्यक्रमले नेपालमा लगानी भित्राउन समेत मद्दत पुग्ने विश्वास उपस्थित अन्य वक्ताहरुले व्यक्त गरेका थिए । त्यस्तै सम्बन्धित क्षेत्रका विज्ञहरुले आ आफ्नो क्षेत्रका समस्या र समाधानका विषयमाथी वहस गरेका थिए ।
कार्यक्रम आयोजक समिति सदस्य सोनीतराज ढुंगेलले कार्यक्रमको सहजीकरण गरेका थिए भने संचारकर्मी एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राज लुईटेलले कार्यक्रम व्यवस्थापन गरेका थिए ।
सोही कार्यक्रममा नेपाल तथा दुवईमा रहि आआफ्नो क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु संचारकर्मी राज लुईटेल, नायक श्रीदेव भट्टराई तथा संचारकर्मी एवं ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल, कलाकार एवं निर्देशक पवन खतिवडा बाबा,सगरमाथा आरोही एवं गीतकार पुरुषोत्तम नेपाली (पुरुषोत्तम सानु) ,संचारकर्मी एवं अर्थसन्जाल डटकमकी सम्पादक सिर्जना वाग्ले, संचारकर्मी तथा अनलाईनपाना डटकमका सम्पादक नारायण प्रसाद अधिकारी, ठाडो भाकाकी गायिका राधा भण्डारी, गायिका सीतादेवी दुरा, युवा व्यबसायी विमान कार्की, ईनास युएईका अध्यक्ष एमडी बोहोरा, संचारकर्मी एवं व्यबसायी सुमीत रजक, फेशन डिजाईनर तृष्णा गुरुङ्ग, गायक राजकुमार सुन्दास (राज सागर) अभिनेता रामसिंह तामाङ्ग (प्रवल थिङ्ग) महिला उद्यमी निशा सुवेदी, स्वास्थ्य व्यबसायी गोपाल खड्का, महिला उद्यमी सर्वदा काफ्ले, युवा व्यबसायी विदुर काफ्ले, राजनीतिज्ञ उमेश बहादुर न्यौपाने, महिला उद्यमी सरिता श्रेष्ठ भट्टराई, चलचित्र निर्देशक भिम लामा, शिक्षाकर्मी जिवनाथ आचार्य, मोडल सम्झना वुढाथोकी, निर्देशक एवं कलाकार शिवन पोखरेल, म्यूजिक भिडियो कलाकार संघ, नेपाल, युवा व्यबसायी राजकुमार श्रेष्ठ, मिस गुरुङ्गकी फस्ट रनरअप निशा गुरुङ्ग, समाजसेवी उर्मिला घले सम्मानित भएका थिए ।
यसैगरि दुवईमा रहेर नेपालको आर्थिक र सामाजिक विकामा योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरु समेत सम्मानित भएका थिए । सम्मानित हुनेमा व्यवसायी एकेन्द्र थापा, समाजसेवी एसमिन वेगम शाहिद, समाजसेवी पासाङ्ग शेर्पा, समाजसेवी ईश्वर श्रेष्ठ, समाजसेवी मन्जु मल्ललाई समेत सम्मान प्रदान गरिएको थियो ।
यसै गरि सोही कार्यक्रममा अन्जना श्रेष्ठ,वुन्टि शाही खड्गी, कृष्णकुमारी पौडेल, पल्पसा श्रेष्ठ, अनिल शाही, देवेन्द्र बहादुर न्यौपाने, सम्झना मानन्धर, सुष्मा राई, विपशना ताम्राकार, सिमोन श्रेष्ठ, दिपा कर्माचार्य श्रेष्ठ, नम्रता गुरुङ्ग, निशान्त खड्कालाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको प्रायोजन राष्ट्रिय वाणिज्य बैंक, नेपाल वायुसेवा निगम, बोन ट्राभल लगायतले प्रायोजन गरेको थियो । यसअघि पहिलो अजरवैजानको बाकु र दोश्रो श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको र कन्फ्रेन्सको चौथो संस्करण कतारको दोहामा आयोजना हुने आयोजकले सस्थाले जनाएको छ ।
अर्थ सन्जाल