रविलाई गृहमन्त्री बनाउन प्रचण्डलाई ओलीको दबाब कायमै
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्री भेट्न ओली शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । श्रोतका अनुसार ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्डलाई आग्रह गरेका छन् । दोहोरो नागरिकता विषयमा अदालतले विपक्षमा फैसला गरेपछि उपप्रधानसहित गृहमन्त्री र संसादबाट बर्खास्तीमा परेका लामिछानेले पुनः गैरसांसद हैसियतमा…



