आलु, प्याज र फलफूलमा भ्याट लगाउनु अत्यन्त गम्भीर : शेखर कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलु, प्याज र नेपालमा उत्पादित फलफूलमाथि लगाएको करमाथि आपत्ति जनाएका छन्। शनिवार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सम्मेलनमा बोल्दै कोइरालाले सरकारमा बसेर आफ्नै विरोध गर्न नहुने वास्तविकताले बोल्न नपाएको उल्लेख गर्दै पार्टी सभापतिलाई भ्याटको विषयमा धारणा बनाउनुपर्ने बताएका हुन् । ‘सत्ता पक्षको भएको हुँदा संसदमा बोल्न…



