काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँमा कारोबार भएको छ ।
यस अघि बुधबार पनि सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँ नै थियो ।
त्यस्तै, चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Artha Sanjal






