कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको पौने ४ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। संस्थाप सेयरधनीहरुको नाममा रहेको बैंकको कुल ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *