काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर लकइन पिरियड जेठ ४ गते सकिने भएको छ । कम्पनीको सामूहिक लगानी कोषका लागि छुट्टाइएको ९५ हजार ६ सय २५ कित्ता सेयरको लकइन अवधि आगामी जेठ ४ गते सकिने भएको हो ।
कम्पनीले सार्वजनिक निष्काशनमार्फत निष्काशन गरेको साधारण सेयर गत मंसिर ५ गते बाँडफाँट गरिएको थियो । उक्त बाँडफाँट गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लकइन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान छ ।
Artha Sanjal







