ऊर्जा क्षेत्रमा गुणात्मक फड्को, हालसम्म १४४ विद्युत् आयोजना निर्माण

काठमाडौं। मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ। सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा लगानी गरेपछि ऊर्जा क्षेत्रले फड्काे मारेकाे हाे।

विद्युत् विभागका अनुसार हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको संख्या १४२ पुगेको छ। निर्माणमा जाने तयारीमा रहेका आयोजनाको संख्या पनि उल्लेख्य छ। विभागका अनुसार निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाको संख्या १४४ छ।

सर्वेक्षण अनुमति लिन आवेदन दिएका, सर्वेक्षण अनुमति लिएका, निर्माण अनुमतिका लागि आवेदन दिएका, निर्माणमा जाने तयारीमा रहेका आयोजनाको संख्या पनि ठूलो छ। प्रसारण लाइन निर्माणका लागि पनि सर्वेक्षण र निर्माण अनुमति लिएका आयोजनाको संख्या उल्लेख्य छ।

आयोजना निर्माण र निर्माणाधीन अवस्थामा रहे पनि हालसम्म विद्युत् निरीक्षकको व्यवस्था भने गरिएको छैन। विभागले हाल वरिष्ठ डिभिजनल इञ्जिनियर चिरञ्जीवी झालाई प्रमुख विद्युत् निरीक्षकको समेत काम गर्ने जिम्मेवारी मात्रै तोकेको छ। यस्तै, इञ्जिनियर कर्सन महर्जनलाई विद्युत् निरीक्षकका रुपमा खटाएको छ।

विभागले २४९ आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ। ती आयोजनाको क्षमता ९ हजार ६०१ मेगावाट बराबर छ। विभागले ८३ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ, जसको क्षमता २ हजार ८०८ मेगावाट बराबर छ।

कुल २६ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति माग गर्दै आवेदन दिएको विभागले बताएको छ। विभिन्न क्षमताका २२८ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति लिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *